☰ open

नेपाल टेलिकमले नयाँ वर्ष २०८० नयाँ वर्ष अफर

२०७९ चैत्र २९, बुधबार १६:५६
मिडियाखबर

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ।

सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने टेलिकमले  जनाएको छ।

कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ।

यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ।

अफर चैत ३० देखि बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागु हुने टेलिकमले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights