☰ open

बारा निर्वाचन क्षेत्र नम्बर २ उपेन्द्र यादवले १५ हजार मत कटाएका

२०८० बैशाख १२, मंगलवार १४:४०
मिडियाखबर

बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले १५ हजार मत कटाएका छन्।

मतगणनाको पछिल्लो परिणामअनुसार १५ हजार १८३ मतसहित यादवले अग्रता लिएका हुन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।

कुशवाहाको १० हजार ३७० मत छ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका पुरुषोत्तम पौडेलले हालसम्म ५ हजार २७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ९५ मतका साथ चौथौ स्थानमा छन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights