☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त

२०८० बैशाख १२, मंगलवार १४:५५
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ।

सभामुख देवराज घिमिरेले घुस मागेको अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मंगलबार गरेका हुन्।

उनलाई सांसद पदबाट हटाउन राष्ट्रिय स्वतन्त्र पार्टीले संसद सचिवालयमा पत्राचार गरेको थियो।

पत्रहरूको अध्ययनपछि सभामुख घिमिरेले श्रेष्ठको सांसद पद रिक्त हुने निर्णय गरेका हुन्।

उनको सांसद पद रिक्त भएको सूचना मंगलबारको प्रतिनिधिसभा बैठकमा सुनाउने तयारी सभामुख घिमिरेले गरेका छन्।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले साधारण सदस्यसमेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको थियो।

उनी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights