☰ open

नक्कली नोटसहित एक महिलालाई पक्राउ

२०८० बैशाख १२, मंगलवार १५:१८
मिडियाखबर

धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकी साहलाई सार्वजनिक गर्दै उनको साथबाट ७ लाख ७१ हजार पाँच सय बराबरको नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

उनको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र पाँच सयको नक्कली नोट ५५९ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

गौतमका अनुसार जनकपुरधाम–७ जिरोमाइलस्थित गस्ती टोलीले २५ वर्षीया साहको झोला तलासी गर्दा नक्कली नोट बरामद भएको हो।

साह कालो रङ्गको झोला बोकेर यताउति गरेको देखेपछि शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

डिएसपी गौतमले महिलाको खल्तीबाट नेपाली १० हजार ५ सय र भारतीय १६० रूपैयाँसमेत बरामद भएको जानकारी दिए।

आफ्नो साथबाट बरामद भएको सात लाख नक्कली नोट सटही गरेर ल्याएको साहले सोधपुछका क्रममा बताएको उनले बताए।

साहसँगको सोधपुछका आधारमा थप संलग्नता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

साहले दिएको बयानका आधारमा थप एक जनालाई पक्राउ गरिएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights