☰ open

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

२०८० बैशाख १४, बिहीबार १६:३६
मिडियाखबर

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छ। बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरुङले बिहीबार अपराह्न ४ बजेको समयसीमा दिएका थिए। सो समयमा पाण्डेले कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित सांसद दीपक मनाङ्गेसहित ३५ सांसदको हस्ताक्षर बुझाएका थिए।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि नयाँ सरकारको नेतृत्व कसले गर्ने भनेर कांग्रेस र माओवादी केन्द्रबीच विवाद देखिएको थियो। तर, शीर्ष तहमै पहिलो चरणमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति जुटेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights