☰ open

राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना दिएका

२०८० बैशाख १५, शुक्रबार १३:४०
मिडियाखबर

राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै पुनले धर्ना दिँदै प्रदर्शन गरेका छन्।

सरकारलाई ध्यानाकर्षण गराउनका लागि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नाम दिँदै पुनसहित युवाहरू भेला भएर माइतीघरमा प्रदर्शन गरेका छन्।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेस सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने माग गरेका छन्।

त्यस्तै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ खडा गरेर उक्त रकम राख्नुपर्ने माग उनले गरेका छन्। सरकारले २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोषण स्थापना गर्ने परिकल्पना गरिएको छ।

१ अर्ब रूपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने नीतिमा उल्लेख छ। तर, हालसम्म यो विषयमा सरकारले चासो देखाएको छैन। पुनले आवश्यक्ताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति बनाउन पनि आग्रह गरेका छन्।

नवउद्यमी बन्न चाहनेहरूलाई आवश्यक पर्ने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउने व्यवस्था र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइनुपर्ने उनको माग छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights