☰ open

लुम्बिनी प्रदेसका नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका

२०८० बैशाख १५, शुक्रबार १४:०१
मिडियाखबर

लुम्बिनी प्रदेसका शुक्रबार प्रदेस प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र मन्त्रिपरिषदका सदस्यलाई सपथग्रहण गराएका छन्।

पहिलो चरणमा मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन्।

चौधरी ८ दलका ५३ प्रदेस सांसदहरूको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४ जनमत, जसपा र लोसपाका ३ / ३ र जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका १ / १ जनासहित ५३ जनाको समर्थन छ।

माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन्। ८७ सदस्यीय प्रदेससभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ।

चौधरी दाङको निर्वाचन क्षेत्र नम्बर ३(१) बाट निर्वाचित हुन्। यसअघि बनेको नेकपा एमाले नेता लिला गिरी नेतृत्वको सरकार सोमबार विश्वासको मत पाउन नसकेपछि ढलेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights