☰ open

स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न

२०८० बैशाख २५, सोमबार १२:४५
मिडियाखबर

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक सयम माग गरेका थिए। सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन्। स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न भएका छन्।

विशेष समय नछुट्याइ सभामुख घिमिरेले नियमित कारबाहीमा जाने भनेपछि सिंहले कपडा खोलेर विरोध जनाएका थिए। सांसद सिंहले कपडा खोलेर विरोध जनाएपछि सभामुख घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए।

सोमबारको बैठकमा सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि अरू केही सांसद उठेर विरोध जनाएका थिए।सिंहले उठेकै क्रममा कपडा सर्ट र गञ्जी खोलेर विरोध जनाएका थिए। उनले कपडा खोलेपछि सभामुख घिमिरेले पटकपटक उनलाई सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights