☰ open

काठमाडौं महानगरपालिकाले अव्यवस्थित तार व्यवस्थापन गर्न सुरू गरेको

२०८० बैशाख २५, सोमबार १४:३४
मिडियाखबर

महानगरपालिका कार्यालयमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरू भएको हो।

सेवाका लागि आवश्यकभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायतका पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।

महानगरपालिकाले सोमबार बिहान माइतीघर मण्डेला र न्युरोग गेटबाट तार व्यवस्थापनको काम थालेको छ।

यसमा नेपाल विद्युत प्राधिकार, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहेका छन्।

ती क्षेत्रमा सेवा प्रदायकले आ–आफ्नो तारको पहिचान गर्ने, पहिचान हुन नसकेका तार काटिएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने बताइएको छ।

सडक किनारमा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत लगाउन १५ दिनको समय दिएर काठमाडौं महानगरले वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights