☰ open

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुछिएपछि पूर्वगृहमन्त्री खाँणलाई बुधबार बिहान पक्राउ

२०८० बैशाख २७, बुधबार १०:२७
मिडियाखबर

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा मुछिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहलस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

पूर्वगृहमन्त्री खाँण नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका छन्।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेको तत्काली गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन्।

प्रहरी हिरासतमा रहेको नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए।

भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि गत शनिबार खाँणले विज्ञप्ति जारी गरेर आफ्नो संलग्नता नभएको दाबी गरेका थिए।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights