☰ open

केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा एमालेकै नेताहरू पनि दोषी भए कारबाही हुनुपर्ने बताएका

२०८० बैशाख २८, बिहीबार १५:२१
मिडियाखबर

भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने सह्य नहुने बताए।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ,’ उनले भने,‘यसमा हामी प्रष्ट हुनु जरूरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जोसुकैको नाम आओस्, यदि दोषी छ भने कारबाही हुनुपर्छ।’

यद्यपि आरोप प्रमाणित नहुन्जे त्यस्ता व्यक्तिलाई दोषी करागर गर्न नहुने उनले बताए।

ओलीले एमालेलाई प्रतिशोधपूर्ण ढंगले वैमनास्यता साँधेको अवस्थाबारे आफूहरू सजग हुनुपर्ने उल्लेख गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights