☰ open

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानन्त्री एवं पूर्वगृहमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दर्ता

२०८० जेष्ठ ११, बिहीबार १६:०१
मिडियाखबर

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानन्त्री एवं पूर्वगृहमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनएर अमेरिका लैजाने ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई आरोपित बनाउँदै ३० जनाविरूद्ध मुद्दा दार्ता भएको हो

उनीहरूविरूद्ध ठगी, सररकारी कागज कीर्ते, राष्ट्रहितविरूको कसुर र संगठित अपराध मुद्दामा कारबाी गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ।

यो प्रकरणमा एमाले नेता एवं प्रतिनिधिसभा सदस्य रायमाझी, कांग्रेस नेता खाँण, पूर्वसांसद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो।

मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परिसकेका छन् भने १४ जना फरार छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights