☰ open

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेस प्रदेस सरकारमा सहभागी

२०८० जेष्ठ ११, बिहीबार १६:०५
मिडियाखबर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेस प्रदेस सरकारमा सहभागी भएको छन। मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा प्रदेस सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरणमन्त्री नियुक्त गरेका हुन्।

सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डा हुँदा लोसपाले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो। तर, घटक दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाउन सकस भएपछि मुख्यमन्त्री यादवले लोसपालाई एक राज्यमन्त्रीसहित एउटा मन्त्रालय दिन सकिने बताएका थिए।

वन मन्त्रीमा कुर्मीलाई पठाए पनि लोसपाले राज्यमन्त्रीमा कसलाई पठाउनेबारे निर्णय गरिसकेको छैन। सरकारमा पठाउने राज्यमन्त्रीबारे चाँडै निर्णय हुने लोसपा मधेस प्रदेसका एक पदाधिकारीले बताए।

नवनियुक्त मन्त्री कुर्मीले साँझ ५ बजे प्रदेस प्रमुख हरिशंकर मिश्रबाट सपथ लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री यादवले यसअघि ९ जेठमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सहभागी गराए मन्त्रिपरिषद विस्तार गरेका थिए।

लोसपा सरकारमा सहभागी भए पनि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनमत पार्टी मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्ट देखिएका छन्।

माओवादी केन्द्रले दुईवटा मन्त्रालयमा दाबी गरिरहेको छ भने जनमत पार्टीले आफूहरूले सम्हालिरहेको कृषि मन्त्रालय नछाड्ने बताइरहेको छ।

मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री यादवले जनमतले सम्हाल्दै आएको कृषि मन्त्रालय एकीकृत समाजवादीलाई दिएका छन्।

सरकारमा सहभागी जनमत पार्टीलाई हाल विनाविभागीय बनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights