☰ open

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा कारोबार खुकुलो बनाउने

२०८० जेष्ठ २६, शुक्रबार १२:४८
मिडियाखबर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा घरजग्गा कारोबार खुकुलो बनाउने आश्वासन दिएका छ । नेपाल जग्गा तथा आवास विकास महासंघका पदाधिकारीसँगको भेटमा अधिकारीले निर्माण क्षेत्रलाई चलायमान बनाउन घरजग्गा कारोबार खुकुलो बनाउने आश्वासन दिएका हुन्  ।

राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा परेको असरलाई नजिकबाटै अनुभव गरिरहेको बताउँदै गभर्नर अधिकारीले यसले निर्माणसम्बन्धी काम कम नै भइरहेको बताएका छ ।

घरजग्गा व्यवसायीहरुले वर्तमान अवस्थामा रियल इस्टेट सेक्टरले भोगिरहेको समस्या समाधानका लागि पहल गर्न गभर्नर अधिकारीसँग माग गरेका छन् । महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले गभर्नर अधिकारीलाई लोन टु भ्यालु रेसियो रियल इस्टेट कम्पनीहरुलाई ७० प्रतिशत पु¥याउन माग गरेको छ ।

अहिले उद्देश्य नखुलेकाहरुको हकमा लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यका भित्र ३० र बाहिरको हकमा ४० प्रतिशत छ । उद्देश्य खुलेकाहरुको हकमा लोन टु भ्यालु रेसियो ६० प्रतिशत नै भएको राष्ट्र बैंकले व्यवसायीहरुलाई स्पष्ट पारेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights