☰ open

गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने

२०८० जेष्ठ २६, शुक्रबार १४:२९
मिडियाखबर

मन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो  छन्। उहाँले संविधान र कानुनलाई मिच्ने काम सरकारले गर्न नदिने उल्लेख गर्नुभयाे छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरूमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि गृहमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने बताउनुभएकाे हाे । उहाँले शान्तिपूर्ण बाटोबाट विरोध प्रदर्शन गर्न पाइने हुनाले सरकारले कुनै पनि खालको अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराउनु भएको छन् ।

उहाँले भन्नुभयाे, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि एकपछि अर्को ढङ्गले आक्रमण हुन दिनु कसैको पनि हितमा हुने छैन । आन्दोलनकारी साथीहरूलाई पनि म भन्न चाहन्छु– सबैलाई आ–आफ्नो दृष्टिकोण, विचार राख्ने स्वतन्त्रता छ । तर त्याे संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण बाटो, शान्तिपूर्ण विधिअन्तर्गत हुनु पर्दछ । संविधान, कानुनलाई आफ्नो हातमा लिने, संविधान विरोधी गतिविधि गर्ने, अराजक गतिविधि गर्ने, उदण्ड गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा सार्वजनिक संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने क्रियाकलापलाई सरकारले छुट दिन सक्दैन । त्यसाे गर्नेलाई हामी कानुनी दायरामा ल्याउनेछौँ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights