२०८० जेष्ठ २६, शुक्रबार १५:२६
मिडियाखबर

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आफू ०४६ सालदेखि यता सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै शर्माले त्यसका लागि सम्पत्ति छानबिन आयोग बनाउन राजनीति सहमति गर्ने प्रस्ताव समेत गरेका हन्।
‘मलाई हमला गरेको मुख्य कारण खैनी, चुरोट र सुपारीमा कर वृद्धि नै हो । यसका पछाडि के थिए भन्ने त्यसबेलामा मिडिया रिपोर्टमा उनीहरुका अनुहार प्रष्ट देखिएकै थिए’, उनले भनेका छन् ।
आफूले ल्याएको बजेटमा गर्व गर्ने भन्दै उनले त्यो बजेटका कारण देशलाई कुनै हानि भएको रहेछ भने आफूले जिम्मा लिने समेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया