☰ open

राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना

२०८० जेष्ठ ३०, मंगलवार १५:१५
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटु जाँचका लागि पौडेल मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका छन् ।

उनलाई नियमित जाँचका लागि अस्पताल लगिएको हो । पौडेललाई १२ घण्टासम्म चिकित्सकको निगरानीमा राखिने जनाइएको छ ।

पछिल्लो समय राष्ट्रपति पौडेलको स्वास्थ्य बिग्रिएको छ । उनी यसअघि भारतमा लामो समय रहेर उपचार गरेका थिए । भारतमा पेटको समस्या भएर गएका भए पनि यसपटक फरक प्रकृतिको रोगको आशंका गर्दै निगरानीमा राखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights