☰ open

५५ लाख रुपैयाँ बराबरको सुनसहित वीरगञ्जका एक युवक हेटौडामा पक्राउ

२०८० जेष्ठ ३१, बुधबार १०:१६
मिडियाखबर

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय किसन साह छन् । प्रहरीले उनको साथबाट करिव ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित साहलाई नियन्त्रणमा लिएको छन् । साहले जुत्ताभित्र उक्त परिमाणमा सुन लुकाएका थिए ।

प्रहरीले बुधबार बिहान करिब ३ बजे साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights