☰ open

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई शतप्रतिशत विश्वासको मत प्राप्त

२०८० जेष्ठ ३१, बुधबार १०:४६
मिडियाखबर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सांसद्हरूले समेत विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका छन् । शतप्रतिशत विश्वासको मतसहित उनि थप शक्तिशाली बनेका छन् ।

यसअघि एमाले मधेश सरकारबाट बाहिरिनुको साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो । एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले मुख्यमन्त्री यादवलाई डनको संज्ञा दिँदै विश्वासको मत दिएको बताए छन्  । राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले विश्वासको मत दिएको उनले बताए छन्  ।

प्रदेशसभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका सात सांसद् छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद् छन् ।

त्यस्तै तीन जना स्वतन्त्र सांसद छन् । मधेश प्रदेशका कूल १०७ सांसदमध्ये १०३ जना उपस्थित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights