मिडियाखबर
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन् । बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको छ । कतिपयले आशंका गरेको देख्छु– सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो। भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्छ, कहिँ सम्झौता हुँदैन, झुकिँदैन ।’
पूर्वमन्त्री पौडेलको स्मरण गर्दै उनले भने, ‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ । उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो । डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया