☰ open

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिए

२०८० जेष्ठ ३१, बुधबार ११:५६
मिडियाखबर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले बताएका छन् । पछिल्लो समय देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

बुधबार सामाजिक संजालमा स्टाटस लेखेका छन्, ’राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights