☰ open

४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी धरान बजारमा ल्याउन मेयर हर्क साम्पाङ सफल हुनुभए

२०८० जेष्ठ ३१, बुधबार १३:२३
मिडियाखबर

धरान बजारमा कोकाहा खोलाको पानी ल्याउन उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सफल हुनुभएको छ ।

कोकाहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका मेयर हर्क साम्पाङ अन्ततः पानी ल्याउन सफल हुनुभएको हो । झन्डै ४० किलोमिटर दूरी पार गरेर कोकाहा खोलाको पानी गए राति माया धराने साबुन उद्योग निर्माणस्थल नजिक पकुवा खोलामा झारिएको छ ।

मेयर हर्क साम्पाङ गएकाे आइतवार रातिदेखि पटनाली क्षेत्रमै पाइप जोड्न र तान्नमै व्यस्त हुनुहुन्थ्यो । श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपबाट कोकाेहाको पानी ल्याउन सफल भएपछि उहाँले भावुक भएर स्वदेश र विदेशका दाता, सङ्घ–संस्था, श्रम अभियानमा संलग्नहरूलाई धन्यवाद दिनुभएको उपमहानगरपालिकाले जनाएको छ ।

अब कोकाहा खोलाको पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएको मेयर साम्पाङले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights