☰ open

नेपाल स्टक एक्सचेन्ज मा आज उतारचढावका बिच दोहोरो अंकको वृद्धि

२०८० जेष्ठ ३१, बुधबार १५:१६
मिडियाखबर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से १६.४२ अंकले बढेर २ हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ३४.१७ अंकले बढेर २ हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको छन् ।

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भई ५ अर्ब भन्दा माथि पुगेको छ । आज नेप्सेमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ९१ कम्पनीको शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights