☰ open

सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त

३ वर्ष
मिडियाखबर

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेकोे हो।

बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यारत छन्।

यसअघि शंकरदास बैरागी मुख्य सचिव थिए।

बैरागीलाई सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ। उनको कार्यकाल आगामी असोज मसान्तमा सकिँदैछ।

मुख्य सचिवमा नियुक्त भएका अर्यालको सचिवको पाँच वर्षे कार्यकाल आगामी असार मसान्तमा सकिँदैछ।
हालका सचिवहरूमध्ये उनी वरिष्ठ हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया