मिडियाखबर

बिहिबार ७ उपसूचक ओरालो लागेको छ भने ६ उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.१९ प्रतिशत, विकास बैंक समूहको ०.३४ प्रतिशत, फाइनान्स समूहको ०.९६ प्रतिशत र हाइड्रोपावर समूहको ०.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अकंले घटेर २०४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ ।
केहि दिन यता सेयर बजारमा उछाल आएको हो । १८ सय बिन्दमा रहेको परिसूचक २ हजार बिन्दुमा पुग्दा लगानीकर्ताका उत्साह छाएको छन्।
अब लगानीकर्ता राष्ट्र बैंकको मौद्रिक नीति कुरी रहेका छन् । लगानीकर्ताले उठाउदैं आएको माग सम्बोधन मौद्रिक नीति मार्फत हुन सके अझै बजारले सकरात्मक गति लिन जानकारहरु बताउछन् ।
बजारमा आएको सुधार र कारोबार रकममा आएको बढोत्तरीले पनि बजारले अब गति लिन थालेको आकलन छ । पछिल्लो केही बजारमा आएको सुधारले लगानीकर्ता मनोबल समेत बढाएको छ ।
बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदरले गर्दा सेयर बजारमा सुधार तिर जाने जानकारहरु बताउछन् । सेयर बजार सुधारका लागि लगानीकर्ताको मनोबलले पनि उत्तिकै भुमिका खेल्छ । अहिले लगानीकर्ताको मनोबल उच्च बन्दै जाँदा सेयर बजारले गति लिएको देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया