☰ open

धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी भएकाे

२०८० जेष्ठ ३२, बिहीबार १५:४५
मिडियाखबर

मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको छ ।

स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा रू एक करोड बढीको क्षति भएको छ।

प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुणयन्त्र मगाई आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights