☰ open

माओवादी केन्द्रका नेता एवं पूर्वसांसद रामकुमार शर्मा नागरिकता ऐन कार्यान्वयनको माग गर्दै आज देखि ‘सत्याग्रह’ मा बस्न लागेका

२०८० असार १, शुक्रबार १३:१४
मिडियाखबर

माओवादी केन्द्रका नेता एवं पूर्वसांसद रामकुमार शर्मा नागरिकता ऐन कार्यान्वयनको माग गर्दै आज देखि ‘सत्याग्रह’ मा बस्न लागेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयनमा ल्याउन माग गर्दै नेता शर्मा दिउँसो १ बजेदेखि माइतीघर मण्डलमा सत्याग्रहमा बस्न लागेका हुन्।

नेपाली नागरिक भएर पनि वर्षौंदेखि अनागरिक भएर बस्न बाध्य भएकाहरूलाई अधिकार दिलाउन आफू सत्याग्रहमा बस्न लागेको शर्माले बताएका छन्।

उनले दुई दिनअघि जनकपुरधाममा पत्रकार सम्मेलन गरेर अनागरिक बनाइएका लाखौं नेपाली नागरिकहरूलाई नागरिकता प्रदान गर्न सत्याग्रहमा बस्ने घोषणा गरेका थिए।

नेपालकै नागरिक भएर पनि वर्षौंदेखि अनागरिकको पीडादायी जीवन बिताउन बाध्य पारिएका नागरिकहरूको आन्दोलनमा समर्थन, सहयोग एवं एक्येबद्धता जनाउन शर्माले राजनीतिक दल, संघ संस्था, बुद्धिजीवी, पेशाकर्मीलगायतसँग अनुरोध गरेका छन्।

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएपछि माइतीघर मण्डलामा विगत एक सातादेखि ‘नागरिकता पीडित’ हरूले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका क्रममा गत मंगलबार एक युवकले ‘आत्मदाह’ को प्रयाससमेत गरेका थिए।

अल्लिो संसदले दुईपटक पारित गरेको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता ऐन, २०६३ संशोधन भएर कार्यान्वयनमा आउन सकेको थिएन।

भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि संविधानविपरित भएको भन्दै कार्यान्वयन नगर्न माग राख्दै सर्वोच्चमा रिट दायर भएको छन्।

नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि सर्वोच्च अदालतले तत्काल कानुन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छन।

रिटमा माग भएबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि ३ असारमा बोलाएको छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights