☰ open

भारतीय फिल्म आदिपुरुषमा समावेश जानकी भारतकी छोरी हुन् भन्ने आपत्तिजनक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखे

२०८० असार १, शुक्रबार १६:५४
मिडियाखबर

काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने तर्क पनि बालेनले गरेका छन् । यसका लागि सरकारले भारतसँग कूटनीतिक पहलमार्फत गरी उक्त फिल्मको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन समेत आग्रह गरेका छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन् भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन् । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ ।

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्न समेत उनले आग्रह मन्त्रालयलाई आग्रह गरेका छन् । बिहीबार एक स्टाटस लेख्दै उनले तीन दिनभित्र उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights