☰ open

गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका

२०८० असार ३, आईतवार १४:०५
मिडियाखबर

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका छन्।

एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन,’ आन्दोलित किसान नन्दलाल रोकायाले सेतोपाटीसँग भने।

काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।

एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधा भन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठिक लागेर फालेका हौं,’ रोकायाले भने।

रोकायाले कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights