☰ open

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट

२०८० असार ५, मंगलवार १०:५१
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाट भएको हो । ओलीलाई भेट्न चौधरी आज विहान बालकोट पुगेका छन ।

भेटवार्ताक्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको बताइएको छ। जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई आभार व्यक्त गरेका थिए ।

एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा आफूँमाथि अन्याय भएको बताएका चौधरीले जनाकारी दिएका छन ।

सो क्रममा ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरे। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता सजाय पाएको थिए भन्ने कुरा स्मरण गरेको चौधरीले उल्लेख गरेका छन ।

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर रिहाइ भएका चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग भेटघाट गरिसकेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights