☰ open

प्रेम चलाउनेलाई न्याय माग गर्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिए

३ वर्ष
मिडियाखबर

मंगलबार बृहत नागरिक आन्दोलनले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन। काठमाडौं जिल्‍ला अदालत अगाडि प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

मन्त्रिपरिषदको बैठकले गत जेठ ३० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो।

उक्त निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा सोमबार साँझदेखि अनसन पनि सुरू गरिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया