मिडियाखबर
माइतीघरमा आज पनि नेपाली नागरिकता माग्दै प्रदर्शन गरिएको छन । नागरिकताविहीन हुँदा राज्यको सेवा सुविधाबाट वञ्चित भएको भन्दै निरन्तर विरोध हुँदै आएको छन। नागरिकता विधेयक प्रमाणीकरणलाई कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन्।
पछिल्लो समय पटकपटक पेशी स्थगित हुँदै आएको भन्दै युवाहरूले न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया