☰ open

सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी दुर्घटना

२०८० असार ५, मंगलवार १६:२९
मिडियाखबर

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटना भएको छन्।

डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्।

दुर्घटनामा गाडीमा सवार मन्त्री सिंहसहित उनकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पिएसओ दीपक भण्डारी चालक धर्मराज जोशी घाइते भएको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन्।

उनीहरूको उद्धार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा लगिएको छ।

उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights