☰ open

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको

२०८० असार ६, बुधबार १२:०५
मिडियाखबर

बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

चीनबाट उडेको जहाजले चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र ७ जना सांसदसहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको छ ।

अंग्रेजी नयाँ वर्ष पुस १७ गतेदेखि उडान सुरु भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights