☰ open

विद्युत प्राधिकरणले धमाधम विद्युीय सवारी साधानको चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको

२०८० असार ६, बुधबार १४:२१
मिडियाखबर

नेपाल विद्युत प्राधिकरणले धमाधम विद्युीय सवारी साधानको चार्जिङ्ग स्टेशन निर्माण गरिरहेको छ । प्राधिकरणले देशभर ५१ वटा चार्जिङ्ग स्टेशन निर्माणका अघि बढाएको थियो । तीमध्ये ३२ वटाको निर्माण सम्पन्न गरेको छन् ।

प्राधिकरणले मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा रहेका ठाउँमा चार्जिङ स्टेसन बनाउने काम अघि बढाएको थियो । त्यसमा गत भदौंमा प्राधिकरणको रत्नपार्क स्थित केन्द्रीय कार्यालय परिसरको चार्जिङ स्टेशन सञ्चालनमा आएको थियो । त्यसपछि हालसम्म आउँदा ३२ वटा चार्जिङ स्टेसन स्टेशन तयार भएको हो । साथै, अन्य १९ वटा चार्जिङ स्टेसन पनि छिट्टै सञ्चालनमा आउने प्राधिकरणको भनाइ छ । प्राधिकरणले बनाएका स्टेशनमा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार चार्ज गर्न सकिन्छ ।

भरतपुतर, खुर्काेट, सिन्धुली, रत्नपार्क, महेन्द्र पुलिस क्लव मुग्लीङ र बर्दिबास लगायतका ठाउँमा ३२ वटा चार्जिङ स्टेसनको निर्माण सम्पन्न भएको हो । प्राधिकरण स्रोतका अनुसार हाल सम्पन्न भएका स्टेशनमा चार्जर जाडान गरी परीक्षण गर्ने कार्य भइरहेको छ । ‘रत्नपार्क लगायतका की ठाउँमा चार्जिङ स्टेशन पुर्ण रुपमै सञ्चालनमा आएका छन् । अब परिक्षणमा रहेका अन्य आयोजनालाई पनि छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी छ’–प्राधिकरणले भन्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights