☰ open

नेपाल चलचित्र संघ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयविरूद्ध अदालत पुगे

२०८० असार ६, बुधबार १६:३२
मिडियाखबर

महानगरमा हिन्दी चलचित्रको प्रदर्शन रोक्ने मेयर साहको निर्णयविरूद्ध चलचित्र संघ अदालत पुगेको छन्। महानगरमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिने साहको निर्णयविरूद्ध चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर साहले हिन्दी चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद समावेश भएको भन्दै त्यसलाई हटाउनुपर्ने भनेका थिए। उनले यो संवाद नेपालमा मात्रै नभएर भारतमा पनि हटाउन माग गरेका थिए। तीन दिनभित्र यो संवाद नहटाइए काठमाडौं महानगरमा हिन्दी फिल्म चल्न नदिने साहको चेतावनी थियो।

महानगरले भने अनुसार ‘आदिपुरुष’ बाट संवाद नहटाइएको भन्दै मेयर साहको निर्देशनमा काठमाडौं महानगरपालिकाभित्र हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाइएको छन् । उनीहरूले मेयर साहको यो निर्णय कानुनविपरित भएको बताएका छन्। चलचित्र संघले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन दिन अन्तरिम आदेश माग गरेका छन्।

रिटमाथि सुनुवाइका लागि बिहीबारको पेसी तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights