२०८० असार ७, बिहीबार ११:०१
मिडियाखबर

बालकुमारीस्थित केन्द्रीय पार्टी कार्यालयमा मध्याह्न १२ बजे बैठक बस्न लागेको छ। बैठकमा असार १०–१२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।
उनका अनुसार विधान अधिवेशनको तयारीको सन्दर्भमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ। केन्द्रीय कार्यकारिणी समिति बैठकपछि ९ असारमा जसपाले केन्द्रीय समितिको बैठक बोलाएको छन्। विभिन्न समिति र संगठनहरूले पठाएका सुझावहरूलाई समेटेर केन्द्रीय कार्यकारिणी समितिले तयार पारेको संशोधित विधानबारे केन्द्रीय समिति बैठकमा छलफल हुने जसपाले जनाएको छन्।
जसपाले असार १०–१२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दैछ। विभिन्न समिति र संगठन गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागी हुनेछन्। प्रतिनिधिहरूमध्उे ४२३ जना केन्द्रीय समिति सदस्यहरू छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया