☰ open

नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको मुद्दाको सुनुवाई आज हुँदै

२०८० असार ७, बिहीबार ११:४२
मिडियाखबर

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणविरूद्ध दायर रिटमाथि सुनुवाइ हुन लागेको हो। यो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी परेको छन्। भट्टराई र रेग्मीको संयुक्त इजलासमा पहिलो नम्बरमै यो मुद्दाको पेसी रहेको छन्।

यसअघि रिटमाथि सुनुवाइ गर्दै नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाउन पेसी चढे पनि पटक–पटक सर्दै आएको छन्।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी बालकृष्ण न्यौपानेसहितले दायर गरेको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेशको बारेमा टुंगो लाग्नेछ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा अन्तिम फैसला नहुँदासम्म नागरिकता ऐन कार्यान्वयनमा रोक लाग्नेछ। सर्वोच्चले यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेमा ऐन कार्यान्वयनको बाटो खुल्नेछ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights