☰ open

आदिपुरूष’ नेपालमा मात्र नभएर भारतमा समेत नसच्याए पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिनेमेयर बालेन्द्र साह बालेनले उच्च अदालतको आदेश नमान्ने बताएका

२०८० असार ७, बिहीबार १४:५४
मिडियाखबर

आदिपुरूष’ नेपालमा मात्र नभएर भारतमा समेत नसच्याए पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छन् ।

मेयर बालेनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।

अन्तरिम आदेशमा हिन्दीलगायत कुनै पनि फिल्म रोक नलगाउन र यथास्थितिमा चल्न दिन भनिएको छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले उच्च अदालतको आदेश नमान्ने बताएका छन् । मेयर बालेनले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights