☰ open

उच्च अदालत पाटनले मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश

२०८० असार ७, बिहीबार १८:११
मिडियाखबर

उच्च अदालत पाटनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग स्पष्टीकरण माग गर्ने पत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छन् ।

बिहीबार न्यायाधीश धिरबहादुर चन्दको इजलासले बालेन शाहसँग स्पष्टीकरण माग गर्ने प्राधिकरणको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश छलफलका लागि आगामी मंगलबार दुबै पक्षलाई बोलाएको छ ।

१ असारमा बालेन शाहलाई पत्र लेखी प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण ऐन को दफा ७ को कसुरमा किन कारबाही नगर्ने भन्दै ७ दिनभित्र स्पष्टीकरण दिन बालेनलाई आग्रह गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights