☰ open

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२०८० असार ८, शुक्रबार १०:१७
मिडियाखबर

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद–५ ताक्लुङबाट फर्किंँदै गरेको प्रदेस ३ ०१–०२३ च २४२७ नम्बरको जित गएराति दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका लिलाराज लामिछानेका अनुसार दुर्घटनामा सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीय नविना थापा र सहिद लगखन गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको छ।

जन्ती लिएर पोखरीडाँडातर्फ जाँदै गरेको जिप पातलेखोला स्थानमा बिहान करिब २ बजेतिर दुर्घटना भएको छ।

जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सहिद लखन–५ का ३८ वर्षीय लालु थापालाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफल गरिएको छ भने अन्य ११ जना घाइतेहरूको आँबुखरेनीमा उपचार भइरहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights