☰ open

काठमाडौंका फिल्म हलहरुबाट महानगरले नगर प्रहरी फिर्ता बोलाए

२०८० असार ८, शुक्रबार १०:४४
मिडियाखबर

काठमाडौंका फिल्म हलहरुबाट महानगरले नगर प्रहरी फिर्ता बोलाए को छन्। कुनै पनि अवस्थामा काठमाडौंका हलमा हिन्दी फिल्म चल्न नदिने भन्दै कोठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले बिहीबार महानगरभित्रका हलहरुमा १०/१० जना नगर प्रहरी खटाएको थियो । तर, शुक्रबार बिहानै महानगरले सबै हलहरुबाट नगर प्रहरी फिर्ता बोलाएको छन् ।

यसअघि मेयर बालेन शाहले काठमाडौंका हलमा हिन्दी फिल्म ‘ब्याण्ड’ गर्ने घोषणा गरेसँगै हलवालाहरु मेयर शाहविरुद्ध अदालत गएका थिए । उच्च अदालत पाटनले पनि हलवालाको पक्षमा फैसला गर्दै हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, मेयर शाहले सामाजिक सञ्जालमार्फत अदालतको आदेश नमान्ने भन्दै हिन्दी फिल्म चल्न नदिने अडान लिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights