☰ open

सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंगभंग भएका २० जानलाई व्यक्तिहरुलाई कृतिम हात तथा खुट्टा प्रदान

२०८० असार ८, शुक्रबार १३:१८
मिडियाखबर

कम्पनीले रोटरी क्लब, वीरगंजमा असार ७ गते बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सिए सहार प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई दुई लाख पचहत्तर हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क प्रदान गरेको छ । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सन्राइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका छन् ।

सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights