☰ open

यस वर्षको धान रोपाईमा रासायनिक मल अभाव नहुने बताए : प्रधानमन्त्री पुष्पकमल दाहाल

२०८० असार ८, शुक्रबार १४:३१
मिडियाखबर

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए ।

रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ । ०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मे ट विभिन्न डिपोमा मौज्दात रहेको छ। कोलकत्ताबाट ४५ हजार डिएपी यो महिनाभित्र नेपाल भित्रिन्छ। धान रोप्ने सिजनमा विगतजस्तो मल अभाव हुने अवस्था यो वर्ष छैन।

प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्धृढ गरिएको बताए। उनले यसबाट सरकार किसानहरूका लागि रासायनिक मल उपलब्ध गराउन जिम्मेवार रहेको तथ्य प्रमाणित भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights