मिडियाखबर

मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन गरिएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सुनको जलहरीको तौल लिइएको छन्।
छानबिनका लागि अख्तियारको टोली खानी तथा भूगर्भ, पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुनचाँदी व्यवसायी महासंघ र सुरक्षा निकायका प्रतिनिधिहरू लिएर मन्दिर प्रवेश गरेको थियो। पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले तीब्रता पाएको छन्।
अनियमितताको उजुरीमाथि डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियारले जलहरीका लागि खरिद गरिएको ११ किलो सुन गायब पारिएको विषयलाई केन्द्रमा राखेको छन। करिब डेढ वर्षदेखि अनुसन्धान गरिरहेको अख्तियार मुद्दाको टुंगो लगाउने गरी तौल मापनमा जुटेको हो।
महालेखापरीक्षकको प्रतिवेदनमा समेत जहरीमा ११ किलो सुनको हिसाब नदेखिएको उल्लेख छन्। २०७७ साल माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणा गरेका थिए।
त्यसका लागि उनले सरकारले ३० करोड दिने निर्णय गराएका थिए। सरकारले दिएको रकममा पशुपति क्षेत्र विकास कोषले ५० करोड थप गरेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो।
कोषाध्यक्ष मिलन थापा नेतृत्वको समितिले फागुन ११ गते जलहरी राखेको थियो। तर, राखिएको तीन दिनमै चुँडिएपछि जलहरीको गुणस्तरमा प्रश्न उठेको थियो। १०८ केजी राख्ने भनिएपनि ११ किलोग्राम कम राखेको भन्दै अख्तियारमा उजुरी परेपछि अनुसन्धान चलिरहेको छ।
ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री छँदा कोषको सदस्य सचिवमा नियुक्त गरिएका थापा अख्तियारले बयानका लागि बोलाउँदासमेत जान अटेर गरेका थिए।
जलहरी राख्न संलग्न तत्कालीन पदाधिकारी सबैको बयान लिइसकेको अख्तियारले राष्ट्रबैंकबाट खरिद गरेको सुनको परिणाम र जलहरीमा राखिएको सुनको परिणाम निक्र्यौल गरी मुद्दा लैजाने तयारी गरेको छ।
केही समयअघि संसदमा जलहरीको विषयले संसदमा प्रवेश पाएको थियो। सत्तापक्षका केही सांसदहरूले जलहरीको विषयमा अनुसन्धान गर्न आवाज उठाएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया