☰ open

आज ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा कायम

२०८० असार ११, सोमबार १५:२९
मिडियाखबर

आजको दिन बजारमा १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयरको खरिद बिक्री भइ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छन् ।

हिमालयन लाइफ इन्सुरेन्स लिमिटेड कम्पनीको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । कारोबारका आधारमा शिभम सिमेन्टस ४२ करोड ५ लाख ९९ हजार ५८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छन् ।

आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights