☰ open

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध

२०८० असार १२, मंगलवार १२:३८
मिडियाखबर

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छन्। सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै एमाले र रास्वपाले संसदमा अवरोध गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकको सुरू हुनेबित्तिकै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटमा यो गल्ती भएकाले सच्याउन माग गरेको छन्।

उनले यो विषयमा अर्थमन्त्रीले जवाफ नदिएकाले जवाफ मागे। त्यसपछि एमालेका सूर्य थापाले यो विषय नसच्याउँदासम्मका लागि सदन चल्न नदिने बताए।

त्यसपछि रास्वपा संसदीय दलका नेता रवि लामिछानेले लोकतन्त्रमा आक्रमण विष्वायमा अर्थमन्त्रीले यो विषयमा छुट्टै जवाफ दिनुपर्ने माग गरेको छन्।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालय शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको र त्यसक्रममा जवाफ आउने बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights