☰ open

प्रधानमन्त्री ले प्रतिनिधि सभामा बुधबार सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको लडाइँमा सरकार बाट जनतामा विश्वास

२०८० असार १३, बुधबार १२:५३
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको लडाइँमा सरकारको पहल कदमीबाट जनतामा विश्वास जगाएको  छन् ।

प्रधानमन्त्री ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको  छन् । प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले लोकतन्त्रको सर्वोच्चता स्थापित गरिएको बताएका छन् ।

उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ, यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ’, उनले भने ।

उनले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने संसद र आमजनसमुदायलाई विश्वास दिलाए ।

हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको उनले बताए ।

वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ, बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र’, उनले भने, ‘म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ, लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights