२०८० असार १३, बुधबार १३:१९
मिडियाखबर

ललिता निवासको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरेको अभियोगमा ४०६ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छन्। जिल्ला अदालत काठमाडौंबाट अनुमति लिँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
उक्त प्रकरणमा यसअघि ७ जना पक्राउ परेका थिए। तीमध्ये केही व्यक्ति अदालतको अन्तरिम आदेशको आधारमा रिहा भएका थिए। हाल निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मिनबहादुर गुरुङसहित थुनामा छन्।
ललिता निवास प्रकरणमा एउटा मुद्दा विशेष अदालतमा विराराधीन रहेको छ। उक्त प्रकरण विचाराधीन रहँदै गर्दा प्रहरीले लिखत कीर्तेमा पनि अनुसन्धान अघि बढाएको हो।
यो प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने तयारी प्रहरीले गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरिरहेको अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका उनीहरुलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो।
जसमध्ये अदालतबाट यसअघि नै ‘स्टे अर्डर’ लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो।
निर्वाचन आयोगका पूर्वआयुक्त सुधर शाह, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन खरिदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम सिआइबीको हिरासतमा छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया