☰ open

साताको चौथो कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको

२०८० असार १३, बुधबार १५:१६
मिडियाखबर

साताको चौथो कारोबारको दिन सेयर बजारमा उकालो यात्राको ब्रेक लागेको छ । साताभरी हरियाली आएको बजारमा बुधबार भने राताम्य भएको छन् ।

उच्च तरलता, न्यून ब्याजदर र कम्पनीको पूँजी वृद्धि योजनाले नै बजारमा उत्साह आएको भए पनि आज भने ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ कराड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छन् ।

बुधबार जीवन बीमा समूहको सेयर मूल्य बाहेक अन्य १२ उपसूचकमा राताम्य भएको छन् । आज जीवन बीमा समूहको सेयर मूल्य भने २.४६ प्रतिशतले बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights